२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा

shivam cement
२०८२ असोज २ गते ०६:२५
क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा

काठमाडौं : बहुराष्ट्रिय कम्पनी क्यारेफोरले कुवेत र बहराइनबाट बाहिरिएको घोषणा गरेको छ । उक्त कम्पनीमा तल्लादेखि माथिल्ला पदहरूमा उल्लेख्य संख्यामा नेपाली कार्यरत रहेका छन् । 

ग्राहकहरूलाई सम्बोधन गर्दै एक आधिकारिक विज्ञप्तिमा उक्त कम्पनीले बहराइन र कुवेतमा रहेका आफ्ना स्टोरहरू क्रमशः सेप्टेम्बर १४ र सेप्टेम्बर १६ देखि बन्द हुने बताएको छ ।
यसअघि यस कम्पनीले नोभेम्बर २०२४ मा जोर्डन र जनवरी २०२५ मा ओमानमा आफ्ना सुपरमार्केट बन्द गरेर हाइपरम्याक्स सञ्चालनमा ल्याएको थियो ।

बहराइन र कुवेतमा पनि यस्तै नयाँ ब्रान्ड सुरु हुने अपेक्षा गरिएको छ । सन् १९९५ देखि मध्यपूर्व, अफ्रिका र एसियाका १२ देशमा क्यारेफोर ब्रान्ड सञ्चालन गर्ने विशेष अधिकार भएको माजिद अल फुतैमले २०२४ मा निश्चित देशहरूबाट क्यारेफोर हटाउँदै हाइपरम्याक्स ब्रान्ड सुरुवात गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise