२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते १३:५७
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ


काठमाडौंः अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्रामसहित भारत वेष्ट बंगाल सिक्किम बरदाङ बस्ने ३० वर्षीय मनोज राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यस्तै सिराहाको सिरहा नगरपालिका–१७ पटेर्वा टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित सोही नगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स.४ प ७१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–३ लखना बस्ने ३१ वर्षीय शिव प्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेका छन् । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१२ बाट नियन्त्रित लागुऔषध ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेटसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.प्र.०२००१ प ४१३९ नम्बरको स्कुटर र बा.७६ प ७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise