२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामालई अघि सार्ने

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १२:४५
कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामालई अघि सार्ने

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सहमति गरेसँगै बागमति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । 

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्यअनुसार असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । उनले पक्षमा बहुमत नपुग्ने निश्चित छ ।

जम्मकट्टेलले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise