राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूका लागि ह्विप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस र एमालेको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका हुन् ।