२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

उपसभामुख रानाको चरित्र हत्या सह्य हुँदैन : सांसद श्रेष्ठ

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १४:०५
उपसभामुख रानाको चरित्र हत्या सह्य हुँदैन : सांसद श्रेष्ठ

काठमाडौँ : रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए ।

सांसद खतिवडा पछि बोलेकी रास्वपा सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के-के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् ।

उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन् । 

ADVADV

सम्बन्धित खबर

Advertise