२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

draupadi film
मध्यान्ह
२०८१ साउन ६ गते १४:१०
एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

बुटवल : नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो ।

दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने उनले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise