२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने 

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १४:१५
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने 

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका हुन् ।

आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए । ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise