२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

हामी काम सकियो भन्न आतुर छौँ : प्रधानमन्त्री ओली

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १४:२८
हामी काम सकियो भन्न आतुर छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता सुनाएका हुन् ।

नेपालका धेरै विकास आयोजनाहरू वर्क इन प्रोसेस (काम भइरहेको छ) मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर छ ।’

ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे ।

‘कहिले सक्छु भन्ने टुंगो नलाग्ने तर राष्ट्रिय गौरवको आयोजना भनिने, अब हामी विकासका मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौँ’, उनले भने ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई तीव्रता दिन कानुन र नीतिको सुधार गर्ने र निर्माण व्यवसायीले गरिसकेको कामको भुक्तानी छिट्टै दिन पनि ओलीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise