२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जेनजी आन्दोलनमा भाइरल यमबहादुर आमाको हत्या अभियोगमा पक्राउ

shivam cement
२०८२ असोज २० गते १३:३०
Shares
जेनजी आन्दोलनमा भाइरल यमबहादुर आमाको हत्या अभियोगमा पक्राउ

धादिङ आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरी बस्ने ३० वर्षीय यमबहादुर कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो उनले मादक पदार्थ सेवन गरेर आमामाथि खुँडा प्रहार गरेकाे खुलेकाे छ ।

गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएको जनाइएको छ। हत्याकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे हाे ।

यमबहादुर जेनजी आन्दोलनमा पनि सक्रिय रुपमा देखिएका थिए । 

सम्बन्धित खबर