२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज २२ गते १७:१७
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । 

जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने २५ वर्षीय घनश्याम जोशी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार ६ सय १५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise