२०८२ असोज २४ गते शुक्रवार / Oct 10 , 2025 , Friday
२०८२ असोज २४ गते शुक्रवार
Ads

सालकको खपटा र आखेटोपहारसहित २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते १८:००
सालकको खपटा र आखेटोपहारसहित २ जना पक्राउ

काठमाडौंः संरक्षित वन्यजन्तु सालकको खपटा र आखेटोपहारसहित २ जना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहितको खपटा जस्तो देखिने आखेटोपहार २ थानसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–३ बस्ने २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका–१ बस्ने ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise