२०८२ असोज २४ गते शुक्रवार / Oct 10 , 2025 , Friday
२०८२ असोज २४ गते शुक्रवार
Ads

दोलखामा अलपत्र चार पर्यटकको उद्धार

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते २१:०३
दोलखामा अलपत्र चार पर्यटकको उद्धार

दोलखा : दोलखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गइ फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाइड्रोपावरमा बसेका थिए ।

उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौं फर्कने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गइ अलपत्र परेका हुन् ।

उनीहरुलाई असोज २३ गते बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise