२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

कर्णालीमा माओवादीका मन्त्रीहरूले सोमबार राजीनामा दिँदै

shivam cement
कुलेन्द्र शाही
२०८१ साउन ६ गते २१:२४
कर्णालीमा माओवादीका मन्त्रीहरूले सोमबार राजीनामा दिँदै

सुर्खेत : नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्रसँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियारले जानकारी दिए । 

दलका नेताबाट समर्थन फिर्ताका लागि आउनुपर्ने पत्र नआएकाले हालसम्म ढिलाई भएको उनले बताए ।

‘औपचारिक रुपमा दलका नेताको पत्र पनि आएको छैन, मुख्यमन्त्री पनि केही समयअघि मात्र सुर्खेत आउनुभएको हुनाले हामीले राजीनामा दिन नसकेका हौं ।’ 

यसअघिसम्म कर्णालीमा माओवादीले केन्द्रमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनसम्म कुरेको थियो । 

प्रचण्डले विश्वासको मत नपाएपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री र दलका नेता प्रदेशमा नभएपछि अड्किएको थियो । मुख्यमन्त्री यामलाल कँडेले शुक्रबार सुर्खेत आएका छन् । 

मुख्यमन्त्री कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा माओवादीबाट चार जना मन्त्री सहभागी छन्। 

महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वत तथा वातावरण मन्त्री र वीरबहादुर शाही सामाजिक विकास मन्त्री छन् । 

यसअघि केन्द्रमा माओवादी र एमालेबीच दोस्रोपटक गठबन्धन हुँदा कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनेको थियो । 

उनको नेतृत्वमा माओवादीबाट यी चार जना मन्त्री बनेका थिए । कर्णाली सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार निर्माण हुनेछ । हाल एमालेबाट मुख्यमन्त्री रहेका कँडेलकै नेतृत्वमा केही समय नेपाली कांग्रेस सरकारमा जानेछ । 

४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन् । नेपाली कांग्रेसका हाल १४ जना सांसद छन् । कांग्रेसका १५ जना सांसद रहेकोमा संसदीय दल नेता जीवन शाहीलाई वाइडबडी काण्डमा मुद्दा लागेपछि उनी निलम्बित छन् । प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन् ।

ADV

सम्बन्धित खबर

Advertise