२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

सिरहाबाट ठुलो परिमाणमा गाँजा बरामद

shivam cement
मनु यादव निरज
२०८२ असोज २४ गते १३:०३
सिरहाबाट ठुलो परिमाणमा गाँजा बरामद

सिरहा : सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिका–२, बालन खोलाको कासघारी क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको टोलीले ९ बोरा गाँजा (२१९.४ किलोग्राम) बरामद गरेको हो ।

शुक्रबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द राज राईको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, इनर्वा सिरहाको ७ जनाको मोबाइल गस्ती टोलीले उक्त गाँजा फेला पारेको थियो । बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका एक अधिकारीले भने, “हामी सीमाक्षेत्रलाई लागुऔषध र अवैध तस्करीमुक्त बनाउन दृढ संकल्पका साथ निरन्तर खटिरहेका छौं ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise