२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

shivam cement
२०८१ जेठ २४ गते १४:४०
Shares
कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले बिहीबारको प्रदेश सभा बैठकबाट नीति तथा कार्यक्रम पास भएको घोषणा गरेका हुन् । आइतबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको  हो । प्रदेशसभाको अर्को बैठक १ असार दिउँसो ३ बजे बस्नेछ । सो बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर