रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिका–३ जितखोला नजिकै शुक्रबार दिउँसो एक पिकअप जिप दुर्घटनामा परेको छ ।
खाबाङबगरबाट सामान झारेर सल्यानतर्फ जाँदै गरेको लु २च २९४१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकले जानकारी दिए ।
दुर्घटनाग्रस्त जिप सल्यान बागचौर नगरपालिका–१ का २८ वर्षीय सरोज बस्नेतले चलाइरहेका थिए । जिपमा चालकसहित दुई जना सवार थिए र उनीहरू दुबै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा जिपको स्टेरिङ अचानक लक हुँदा दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ ।