२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

२८ वर्षीय युवकको हत्या अभियोगमा २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १७:१९
२८ वर्षीय युवकको हत्या अभियोगमा २ जना पक्राउ

कैलालीः २८ वर्षीय युवकको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका–८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका–३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या गरेको अभियोगमा सोही नगरपालिका–८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना गए राति पक्राउ परेका हुन् ।

उनीहरूले वादविवादको क्रममा हँसिया प्रहार गरी केशरको हत्या गरेको भन्ने खबर अस्थायी प्रहरी चौकी प्रतिखेतमा गई जानकारी गराए पश्चात उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise