२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राज्यमन्त्री हत्या प्रकरण : एक जना प्रहरी नियन्त्रणमा 

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १०:५८
राज्यमन्त्री हत्या प्रकरण : एक जना प्रहरी नियन्त्रणमा 

काठमाडौँ : प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा एक जनालाई नियन्त्रणमा लिएको छ ।

सर्लाही निवासी राज्यमन्त्री रायको गए राति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै रायको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ । हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise