२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात जना बेपत्ता

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १५:०८
म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात जना बेपत्ता

एजेन्सी : म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए ।

चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मंगलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् ।

उनीहरूका अनुसार पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जंगली क्षेत्र कटान भएको र कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै सात जना हराइरहेका छन् ।

उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँच जनाको शव फेला पारेको स्रोतले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले खानीबाट पाँच जनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन् ।

म्यान्मारको सुदूर उत्तरमा मूल्यवान पथ्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्मारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् । 

यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि  पनि प्रसिद्ध छ ।

ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise