सुर्खेत : नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।
माओवादीको तर्फबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षपछि प्रतिपक्षमा बस्न लागेको हो ।
४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । यसरी हेर्दा कर्णालीमा एमाले र कांग्रेसको सहज सरकार बन्ने देखिन्छ ।