२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कर्णालीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

ADV
मध्यान्ह
२०८१ साउन ७ गते ११:२४
कर्णालीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत : नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

माओवादीको तर्फबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षपछि प्रतिपक्षमा बस्न लागेको हो  ।

४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् ।  सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । यसरी हेर्दा कर्णालीमा एमाले र कांग्रेसको सहज सरकार बन्ने देखिन्छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise