२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पटकासहित एक जना पक्राउ

shivam cement
२०८२ असोज २९ गते १४:०७
Shares
पटकासहित एक जना पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट विभिन्न प्रकारका पटका तथा आतिसवाजी १ हजार २ सय ७१ प्याकेट, नगद २ लाख नेपाली रूपैयाँ र २५ हाजर ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका–१३ बस्ने भारत चुरू राजस्थान  घर भएका ४८ वर्षीय सुनिल कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित सुनिलले भाडामा लिइ संचालन गरेको गोदामबाट उक्त पटका फेला पारी पक्राउ गरेको हो ।

उनलाई विष्फोटक पदार्थ सम्बन्धी कसुर र राजस्व छली सम्बन्धी कसुर मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर