२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

जनताकाे चाहना र देशकाे आवश्यकताअनुसार संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १२:५२
जनताकाे चाहना र देशकाे आवश्यकताअनुसार संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शहीद स्मृति प्रतिष्ठानले साेमबार आयाेजना गरेकाे 'वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र' विषयक विचार गाेष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमाेचन कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए ।

'याे संविधानकाे विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताकाे माग र समयकाे आवश्यकता अनुसार संशाेधन गर्न सकिने प्रावधान हाे ।  जनताकाे माग र देशकाे आवश्यकताअनुसार संविधान संशाेधन हुन सक्छ', उनले भने, 'तीन तहकाे सरकारले अधिकारसम्पन्न भएर काम गरेकाे भए याे तहमा पुग्दैनथ्याैं भन्ने मलाई लाग्छ ।'

संघ, प्रदेश र स्थानीय तीन तहकाे सरकार अधिकार सम्पन्न नहुँदा अहिलेकाे जटिल अवस्था सिर्जना भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले राेजगारी सिर्जना गर्ने, उद्याेग सञ्चालन काे वातावरण बनाउने र अर्थतन्त्रलाई  ठिक ठाउँमा ल्याउने सरकारकाे प्राथमिकता रहेकाे बताए ।

अहिलेकाे परिस्थिति सुधार गर्न र जनतालाई राहत दिने उद्देश्यले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएकाे उनकाे भनाइ थियाे । उपप्रधानमन्त्री सिंहले अहिलेकाे अवस्थाबाट राम्राे गर्नका लागि सरकार प्रतिबद्ध  रहेकाे बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise