२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १४:३३
क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने एक जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भनि ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise