२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गठबन्धनमा भएको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १५:४४
गठबन्धनमा भएको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर नगर्ने बताएका छन् । सत्ता घटक दलहरूभित्र केही समस्या भएपनि सरकार सुरक्षित रहेको सापकोटाले स्पष्ट पारे ।

मन्त्री फिर्ता बोलाउने विषयमा प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग कुराकानी गरिरहेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई समेत छिट्टै सरकारमा ल्याउने बताए ।

मओवादीबाट कसलाई फिर्ता बोलाउने वा नबोलाउने विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको सापकोटाले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise