२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेस

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १६:०३
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेस

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमतिबमोजिम आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सोमबार कांग्रेस र एमालेको समर्थनसहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise