२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

लागुऔषधसहित तीन जना पक्राउ

shivam cement
२०८२ कार्तिक ४ गते १६:१३
Shares
लागुऔषधसहित तीन जना पक्राउ

 

सिरहा: बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्व लक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीन जनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–१० का २१ वर्षीय सङ्गीतकुमार सदाय र सोही ठाउँका २० वर्षीय रिझन शर्मा तथा सुखीपुर–६ का १९ वर्षीय सरोजकुमार राम रहेका छन् । पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

सम्बन्धित खबर