२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सवा ३४ करोडका अवैध सामान बरामद 

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १५:३१
सवा ३४ करोडका अवैध सामान बरामद 

 

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा नौ करोड रु ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए । “भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ”, उनले भने । “बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ”, सशस्त्र प्रहरी बल पर्साले आव २०८०-८१ मा भन्सार छली गरेर भित्रिएका रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ । 

सोही अवधिमा बिलबीजकअनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९÷८० भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise