
काठमाडौंः सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिराहा कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जिवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाइ स्क्रिनसट गरेको अश्लिल तस्विर/भिडियो फेक फेसबुक एकाउन्ट बनाइ अपलोड गरी दुख/हैरानी दिइ चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई सिराहाबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।