२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि भोलि सुनुवाइ हुँदै

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १७:४१
प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि भोलि सुनुवाइ हुँदै

काठमाडौँ : निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरवारमा राखिएको छ ।

गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषद्ले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएर भोलि बुधबार हुन लागेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise