२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

अन्तर्राष्ट्रिय खेलबाट शरद भेषवाकरको सन्यास घोषणा

shivam cement
२०८२ कार्तिक २३ गते १२:१६
Shares
अन्तर्राष्ट्रिय खेलबाट शरद भेषवाकरको सन्यास घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिने यसअघि नै जानकारी दिएका थिए । 

भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए । उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । 

नेपालले पहिलो पटक सन् सन् २०१४ मा विश्वकप क्रिकेट खेल्दा उनी महत्वपूर्ण सदस्य रहेका थिए । त्यस्तै सन् २०१८मा नेपालले एकदिवसीय मान्यता पाउँदा पनि उनी टोलीमा थिए ।

ADV

सम्बन्धित खबर