२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

लोकतान्त्रिक एशोसिएसनद्वारा मन्त्री र नेताहरुसँग भेटघाट जारी

ADV
२०८१ साउन ९ गते ०६:४५
लोकतान्त्रिक एशोसिएसनद्वारा मन्त्री र नेताहरुसँग भेटघाट जारी

काठमाडौं : वार्षिकरूपमा सय जना कामदारको श्रम स्वीकृति लिन नपाएका व्यवसायीको इजाजतपत्र नवीकरणका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले नेपाली कांग्रेसका नेता तथा मन्त्रीहरूको ध्यानाकर्षण गराउने क्रम जारी राखेको छ ।

एशोसिएसनद्वारा गठित सय संख्या समाधान समितिले मंगलबार सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेर संख्या सय समस्या समाधानका लागि आग्रह गरेको छ ।

नेपाली कांग्रेस वैदेशिक रोजगार तथा आप्रवासन विभागका प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’को संयोजनमा भएको भेटमा लोकतान्त्रिक एशोसिएसनका अध्यक्ष दीपक थापाले करिब एक हजारमध्ये २ सय ५९ इजाजतवाला व्यवसायीको इजाजतपत्र वार्षिकरूपमा सय जना कामदार पठाउन नपाएका कारण नवीकरण नभएकाले यथाशक्य चाँडो नवीकरण गराउनका लागि पहल गरिदिन लिखित अनुरोध पत्र बुझाएका थिए ।

जवाफमा उपप्रधानमन्त्री सिंहले व्यक्तिको पेशा व्यवसाय गर्ने अधिकार कुनै पनि अवस्थामा सुरक्षित रहनुपर्ने भन्दै आफूले तत्कालै विभागीय मन्त्रीसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । 

एशोसिएसनका प्रथम उपाध्यक्ष विनोदजंग केसीको संयोजकत्वमा गठित समितिले समस्या समाधान नभएसम्म छलफल र दबाबलाई निरन्तरता दिने बताए । समितिले नेपाली कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, स्वास्थ्यमन्त्री प्रदिप पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशकलगायतलाई भेटेर  इजाजत नवीकरण नभएका कारण भिसा आएर विदेश जान तयार भएका कामदारहरुमा परेको नकारात्मक असर र अन्य विषयमा लिखितरुपमै ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनको उक्त समितिको सदस्य सचिवमा महासचिव बस्नेत र सदस्यहरुमा कोषाध्यक्ष हेमा गुरुङ, रोशना निरौला, देउ कुमार गौतम (सविन), पंकज कोइराला र अमर तिवारी रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise