२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

ठगी सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ

Nada
२०८२ कार्तिक २४ गते १३:०९
Shares
ठगी सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौंः ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह–९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसुरको अनुसन्धानको क्रममा ठगी कसुरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । 

uae

ताजा खबर

सम्बन्धित खबर