
काठमाडौंः आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लामाका छाेरा काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरूङ भन्ने पेम्बा लामा रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।
पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।