२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक बस्दै

ADV
मध्यान्ह
२०८१ साउन ९ गते ११:०५
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्दै छ । रास्वपामा हाल ३८ वटा केन्द्रीय विभागहरू रहेका छन् । बैठकमा पार्टी सभापति रवि लामिछानेले अध्यक्षता गर्नेछन् ।

बैठकमा विभाग प्रमुखहरूले विभागको प्रगति समीक्षा पेश गर्ने, विभागको समस्या, चुनौती के छन् र भावी योजना के छ भन्ने कुरा संक्षिप्तमा राख्नेछन् । केन्द्रीय विभागमा प्रमुख १ सहित उपप्रमुख, सचिव, सदस्यहरू गरी ११ जना रहने व्यवस्था छ । त्यस्तै प्रदेश विभागमा ९ जना र पालिका विभागमा ७ जना रहने व्यवस्था छ ।

भातृसंगठन नबनाउने, पेशागत योग्यतालाई कदर गरी पेशागत क्षेत्रमा राजनीति नगर्ने रणनीति लिएको रास्वपाले त्यो क्षेत्रका नीतिगत समस्याहरू विभागहरूमार्फत सिधै केन्द्रीय समितिमा बुझ्ने र समाधान खोज्ने नीति अख्तियार गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise