२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८२ कार्तिक २६ गते १८:०२
Shares
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका–८ घर भएकी ४५ वर्षीय पुरूषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पुरूषोत्तमले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

uae

ताजा खबर

सम्बन्धित खबर