२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, मन्त्रिपरिषद् विस्तार

shivam cement
२०८१ साउन ९ गते १२:५६
Shares
बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, मन्त्रिपरिषद् विस्तार

मकवानपुर : बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद्‍मा नियुक्त मन्त्रीहरुलाईसमेत मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा शपथ ग्रहण गराए । 

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए ।

शपथ ग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं र निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित थिए ।

बागमती प्रदेश सभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मंगलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।  मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर