२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

देवीमाया सुनारको निधनमा श्रद्धाञ्जली सभा

shivam cement
२०८२ कार्तिक २७ गते १८:३९
Shares
देवीमाया सुनारको निधनमा श्रद्धाञ्जली सभा

शिवराज : नेकपा शिवराज नगर समितिको आयोजनामा शिवराज नगरपालिका-९ बनियाभारीमा सहिद परिवारकी आमा देवीमाया सुनारको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा नेता चक्रपाणि खनाल ‘बलदेव’ थिए । सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।

८० वर्षीया देवीमाया सुनारका दुई छोरा जनयुद्धका क्रममा सहादत प्राप्त महान् सहिद हुन् ।

श्रद्धाञ्जली सभामा बोल्दै बलदेवले भने, 'देवीमाया आमा परिवर्तनका लागि प्राण आहुती दिने दुई सहिद छोराकी आमा मात्र होइनन्, उनी परिवर्तन र बलिदानको प्रतीक हुन्। मिनी रोल्पा भनेर चिनिने शिवगढी बनियाभारीको झुपडीमा बस्ने यो आमा क्रान्तिचेतले भरिपूर्ण थिइन् ।'

उनले थपे, 'उहाँले कहिल्यै निराशा वा दुखेसो गर्नुभएन । बरु सधैं निस्वार्थ भावले अगाडि बढ्ने प्रेरणा दिनुभयो ।'

सभामा प्रदेश, जिल्ला र स्थानीय तहका नेता-कार्यकर्ता तथा सहिद परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो ।

ADV

सम्बन्धित खबर