
कपिलवस्तुः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश देवरिया गिडा पोष्ट घर भएका २२ वर्षीय राकेश निसाद रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।