२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, जहाज दुर्घटनाबारे छलफल हुने

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १५:५८
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, जहाज दुर्घटनाबारे छलफल हुने

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पोखरा जाने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि ५ बजे बैठक बोलाएका हुन् ।

दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बिहान काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । 

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको सौर्य एयरको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise