२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

एनपिएलको तयारी पूरा 

shivam cement
२०८२ कार्तिक २९ गते १६:०७
Shares
एनपिएलको तयारी पूरा 

काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरुप रु. एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु. ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु. २५ लाख तथा चौथो हुनेले रु. १५ लाख प्राप्त गर्नेछ ।

एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

ADV

सम्बन्धित खबर