२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ मंसिर १ गते १४:५५
Shares
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ बस्ने महोत्तरी सम्सी गाउँपालिका–५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

आनन्द कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिइ सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर