२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सिंगापुर पठाउने भन्दै ठग्ने पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन ९ गते २२:००
सिंगापुर पठाउने भन्दै ठग्ने पक्राउ

काठमाडौं : आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने प्रलोभनमा पारेर करिब साढे तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने प्रलोभनमा ३ लाख ३६ हजार ठगी गरेको आरोपमा उदयपुरकी अनुजना राईलाई पक्राउ गरिएको बताएको छ ।

राई उक्त रकम लिएर लुकेर टोखा नगरपालिका १० सिंगापुर कलोनीमा बसिरहेको अवस्थामा बिहीबार पक्राउ परेकी हुन् । उनले हाल नाम नखुलेका तीन जनालाई सिंगापुर पठाउने भन्दै रकम लिएको प्रहरीले जनाएको छ । राईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise