२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

ADV
सुनिल आउजी
२०८१ जेठ २४ गते २०:४०
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

सार्वजनिक नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ । सुदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषय समावेश गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ । समय घर्किसकेपछि ल्याइएको नीति तथा कार्यक्रममाथि व्यापक छलफल गर्न समय नभएकोले एकै दिनमा पारित गरिएको जनाइएको छ । यसअघि बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्त पनि एकै बैठकबाट पारित गरिएको थियो ।

जेठ २० गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जेठ २१ गते बसेको बैठकले प्रदेश प्रमुख मियाँलाई धन्यवाद दिँदै स्थगित भएको थियो । त्यसपछि बिहीबार बसेको बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सभाबाट पारित भएपछि नीति तथा कार्यक्रममाथि १२ जना सांसद्ले छलफलमा भाग लिएका थिए । 
ति मध्ये प्रतिपक्ष नेपाली कांग्रेसका सांसद्हरुले नीति तथा कार्यक्रमको विरोध जनाएका थिए भने सत्ता गठबन्धनका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए ।

यस अघिका वर्षहरु नीति तथा कार्यक्रम र बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तमाथि सभामा रहेका सबै जना सांसदहरुले बोल्ने पालो सकिएपछि मात्रै पारित गरिँदै आएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise