२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

चिसो बढेसँगै त्रिपुरासुन्दरीका तीन स्वास्थ्य संस्थामा अनुगमन, समयमै औषधीकाे माग गर्न सुझाव

Nada
पूर्ण सार्की
२०८२ मंसिर ३ गते १७:२८
Shares
चिसो बढेसँगै त्रिपुरासुन्दरीका तीन स्वास्थ्य संस्थामा अनुगमन, समयमै औषधीकाे माग गर्न सुझाव

डाेल्पा : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले स्वस्थ्य चाैकी र आधारभूत स्वास्थ्य केन्द्रहरूमा अनुगमन गरेको छ। 

ncell

बुधबार नगरपालिकाकी उपप्रमुख देवी घर्तीकाे नेतृत्वमा पालिकाका ९, १०, ११ वडाभित्रका तीन वटा स्वास्थ्य संस्थामा अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुले जानकारी दिए । 

पालिकाले वडा नं ९ मा रहेको, चुँ आधारभूत स्वस्थ्य सेवा केन्द्र, वडा नं. १० मा रहेको लिकु स्वास्थ्य चाैकी र वडा नं. ११ मा रहेको मुँहु आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अनुगमन गरी आवश्यक सल्लाह सुझाव संकलन गरेकाे नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तुलबहादुर नेवारले जानकारी दिए ।

अनुगमनका क्रममा उक्त स्वास्थ्य संस्थाहरूमा औषधीको अभाव नभएको र औषधी अभाव भएको खण्डमा सेवाग्राहीलाई प्रभाव नपर्ने गरी समयमै औषधीकाे माग फारम भरी नगरपालिकामा पेस गर्न निर्देशन दिएकाे शाखा प्रमुख पनेरुले बताए ।

डाेल्पामा चिसाे बढेसँगै सर्वसाधारण जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै बिरामी पनि बढ्न सक्ने भएकाे हुँदा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह, औषधीकाे अवस्था, स्वस्थ्य संस्थाका भाैतिक संरचना र स्वस्थ्यकर्मीकाे अवस्थाबारे अनुगमन गरिएकाे उपप्रमुख घर्तीले बताइन् । 

अनुगमनको क्रममा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरबाही नगर्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू सुझाव समेत दिइएको छ ।

हिउँद सिजनको सुरुवातसँगै डोल्पामा चिसो बढिरहेको कारणले पालिकाले अन्य वडाहरूमा रहेका स्वास्थ्य संस्थाहरूमा समेत निरन्तर अनुगमन गर्ने जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर