२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पौवा ग्रुपले मुलकोट र हलेसीमा खोल्यो रिसोर्ट, एक अर्ब लगानी

ADV
छबि सापकोटा
२०८१ साउन ९ गते २२:२१
पौवा ग्रुपले मुलकोट र हलेसीमा खोल्यो रिसोर्ट, एक अर्ब लगानी

काठमाडौं : नेपाली चेन होटलको रुपमा लगानी विस्तार गरेको पौवा ग्रुपले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल शुरु गरेको छ । 

जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल नाराको साथ नेपाली हस्पिटालिटी सहित आफनो सेवा शुरु गरेको हो । आगामी १० वर्षमा एक सय वटा होटल खोल्ने लक्ष्यका साथ अगाडि बढेको पौवा ग्रुपले आफ्नो १४औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा विच रिसोर्ट खोलेको हो ।

यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढीको लगानीमा पौवा रिसोर्ट समेत शुरु गरेको हो । होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट हस्पिटालिटी क्षेत्रबाट काम शुरु गरेर लगानी वृद्धि गरेको हो । आठ वर्षदेखि होटल क्षेत्रमा लगानी गरेको पौवा ग्रुपले नेपाली संस्कार र संस्कृति झल्कने परिकार र होटल भित्रको सजावटमा समेत नेपालीपन देखिने गरी होटलको व्यवस्थापन गरिहेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने ‘नेपाली पर्यटन क्षेत्रबाट विकास र समृद्धि हुन्छ भन्ने मुख्य लक्ष्यका साथ होटलमा लगानी गरेको छौं, काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो, काठमाडौंको भिडभाडबाट सुनकोशी नदी किनारामा  शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेका हौं ।’

यस्तै अध्यक्ष भण्डारीले खोटाङको हलेसी किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेको बताए । साथै उनले सो रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यू हेर्न पाइने समेत बताए । यस्तै पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले भने ‘देशको विकासको संकेत भनेको संस्कार र संकृति हो, नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ, यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ, हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संस्कृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ ।’ 

नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य दिएको छ । पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका र यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाइ लम्बिन सक्ने उनले बताए । साथै उनले देशभर १५ वटा पौवा चेन बनाएको जुन पर्यटकीय गन्तव्य क्षेत्र समेत भएको भन्दै आफूहरुको सानो प्रयासले पर्यटन विकासमा मद्त पुग्ने अपेक्षा समेत गरेको बताए ।

बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाले पहिलो यात्रा शुरु गरेको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिंगे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुगा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशालामा समेत आफनो शाखा विस्तार गरेको छ ।

पौवाले १४औं शाखाको रुपमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा १५आंै शाखा विस्तार गरिएको हो । पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको जनाएको छ । 

पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ । ‘नेपालमा घुम्ने स्थान अथाह छ, हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो, हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ, अर्थात्, पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने समेत हो, पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत पिस्तार भएको छ’, पौवाका व्यवस्थापक धुव्र न्यौपाने भने । ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरेको छ । ‘नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने उदेश्य रहेको लगानीकर्ताको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise