
काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ । बाराको सिमरामा उत्पन्न परिस्थितिबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक बसेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।
बुधबार नेकपा (एमाले)का कार्यकर्ता बाराको सिमरामा जाने भएपछि त्यहाँका जेनजीहरूले सडकमा टायर बालेर विरोध गरेका थिए । त्यसलगत्तै उनीहरूले विमानस्थल तोडफोड गरे । त्यसपछि सिमराको स्थिति बेलुकासम्मै तनावग्रस्त बन्यो भने बाध्य भएर स्थानीय प्रशासनले कर्फ्यु जारी गर्यो ।
आज पनि स्थिति तनावग्रस्त बनेपछि पुनः कर्फ्र्यु लगाइएको छ । सोही घटनाबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक बसेको हो । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।