२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अवैध लागुऔषधसहित एक जना पक्राउ

shivam cement
२०८२ मंसिर ५ गते १६:१९
Shares
अवैध लागुऔषधसहित एक जना पक्राउ

मोरङः मोरङबाट अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने ३९ वर्षीय राजु बिक रहेका छन् । 

उनलाई बिराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३८ प २३१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर