२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु, चालक फरार

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर ५ गते १७:५९
Shares
स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु, चालक फरार

रौतहट : रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा २ वर्षीय आदित्य कुमार साहको घटनास्थलमै मृत्यु भएको छ । ओम एकेडेमी स्कुलको बस नम्बर प्रदेश–३–००१ ख १७२६ ले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बस जयनगरबाट मानपुरतर्फ जाँदै गर्दा बालकलाई ठक्कर लागेको प्रहरीले बताएको छ । उनलाई अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको डीएसपी विष्णु बस्यालले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनापछि बस चालक फरार छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजीका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

घटनाले स्कुल बस सञ्चालनमा लापरवाही र सुरक्षा मापदण्डप्रति गम्भीर प्रश्न उठाएको छ । स्थानीय तथा पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

ADV

सम्बन्धित खबर