२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बेचन झाको रिटमाथि आज सुनुवाइ हुँदै

ADV
मध्यान्ह
२०८१ साउन १० गते १२:११
बेचन झाको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको रिटमाथि सुनुवाइ हुँदैछ । झाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश ढुंगानाको एकल इजलासमा यो निवेदन दोस्रो नम्बरमा पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक-पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखरले असार ३० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise